Below Menu
Below Menu

नयाँ शैक्षिकसत्र औपचारिक रुपमा आजदेखि सुरु

नयाँ शैक्षिकसत्र औपचारिक रुपमा आजदेखि सुरु

काठमाडौं : आज (मंगलबार) देखि नयाँ शैक्षिकसत्रको औपचारिक सुरु भएको छ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो ।

यसअघि विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएको थियो । तर यस वर्षदेखि भने सरकारले वैशाख १५ गतेदेखि विद्यालयमा भर्ना सुरु गर्ने निर्णय गरेको थियो ।

सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानूनविपरीत भर्ना र अन्य शुल्क फिर्ता गराउन गत चैत २२ गते निर्देशन दिएको थियो ।

Advertisment

थप समाचार