Below Menu
Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार 

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६.१६ अंकले घटेर २७७०.२६ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से परिसूचक ७.७३ अंकले बढेर २७९६.४३ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ४२ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

शेयर बजार घटेपनि कारोबार रकममा भने समान्य सुधार देखिएको छ । आज बजारमा छ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा चार अर्ब ७३ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज पाल्पा सिमेन्ट इन्डष्ट्रिज कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५८ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा हिमालयन बैंक डिबेञ्चर रहेको छ । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज कर्पोरेट डेभलपमेन्ट बैंक कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले घटेको छ ।  
 

Advertisment

थप समाचार