काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २५.८१ अंकले घटेर २७४४.४५ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २६.१६ अंकले घटेर २७७०.२६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ३० कम्पनीको शेयरमूल्य बढेको छ । भने २३५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ९८ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा छ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज रिलायन्स स्पिनिङ मिल्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २४ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ । आज यी कम्पनीको शेयरमूल्य १३.८१ प्रतिशतले बढेको हो । आज कुमारी बैंक डिबेञ्चरको शेयरमूल्य ११.४६ प्रतिशतले घटेको छ ।
Advertisment