Below Menu
Below Menu

एकैदिन तोलामा ३४ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

एकैदिन तोलामा ३४ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार ४०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १३५ रुपैयाँले बढेको हो । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ९४५रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार