Below Menu
Below Menu

नेपाली हस्तकला प्रदर्शनीमा दुई हजारभन्दा बढीले गरे अवलोकन

नेपाली हस्तकला प्रदर्शनीमा दुई हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं : काठमाडौंको गुहेश्वरीमा आयोजित एकदिने नेपाली हस्तकला प्रदर्शनीमा उल्लेखनीय सहभागिता देखिएको छ । प्रदर्शनीमा १०० वटा स्टल राखिएको आयोजकले जनाएको छ ।

घरकर्मका डिरेक्टर सन्तोष पुडासैनीका अनुसार विभिन्न क्षेत्रबाट ल्याइएका स्थानीय उत्पादनहरू प्रदर्शनीमा समावेश गरिएको छ । उनले प्रदर्शनीप्रति दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको जानकारी दिए ।

‘यो प्रदर्शनीमा १०० वटा स्टलहरु राखिएका छन् । शनिबार मात्रै २ हजारभन्दा बढी मानिसहरूले प्रदर्शनीको अवलोकन गरिसकेका छन्,’ उनले भने, ‘नेपाली सामग्रीप्रति आगन्तुकहरूको आकर्षण बढ्दो देखिएको छ ।’

प्रदर्शनीले स्थानीय उत्पादनको प्रवद्र्धन र नेपाली हस्तकलाको संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

Advertisment

थप समाचार