Below Menu

सौराहामा पाँच तारे रिसोर्ट सञ्चालन गरिरहेको केटिएम हस्पिटालिटीले आईपीओ ल्याउँदै, बोर्डमा दियो आवेदन 

सौराहामा पाँच तारे रिसोर्ट सञ्चालन गरिरहेको केटिएम हस्पिटालिटीले आईपीओ ल्याउँदै, बोर्डमा दियो आवेदन 

काठमाडौं : केटिएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । 

कम्पनीले १५ करोड ५० लाख रुपैयाँ बराबरको कुल १५ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ रहेको छ । 

चितवनको सौराहास्थित पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’को सञ्चालन गरिरहेको छ ।  कुल एक अर्ब ७० करोड पाँच लाख रुपैयाँको लागतमा निर्माण भईरहेको २०२६ जुलाईदेखि पूर्ण क्षमतामा सञ्चालन ल्याउने तयारी गरेको छ । 

कम्पनीको नेतृत्व कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वर शाहले गरिरहेका छन् ।