Below Menu
Below Menu

सुनको मूल्य ओरालो लाग्यो, चाँदीको भाउ बढ्यो

सुनको मूल्य ओरालो लाग्यो, चाँदीको भाउ बढ्यो

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको हो । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ३० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार