Below Menu
Below Menu

उच्च अंकले घट्यो शेयर बजार, चार अर्ब २६ करोडमा समेटियो कारोबार 

उच्च अंकले घट्यो शेयर बजार, चार अर्ब २६ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३४.६३ अंकले घटेर २७०४.०८ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ५.७३ अंकले घटेर २७३८.७२  बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २७ कम्पनीको शेयरमूल्य बढेको छ । भने २४० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब २६ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा चार अर्ब ९१ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३१ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा फरवार्ड माइक्रोफाइनान्स कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य १२.५८ प्रतिशतले घटेको छ ।  
 

Advertisment

थप समाचार