आईपीओ निष्कासनको पाइपलाइनमा थपिए तीन कम्पनी 

आईपीओ निष्कासनको पाइपलाइनमा थपिए तीन कम्पनी 

काठमाडौं : सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै थप तीन कम्पनी पाइपलाइनमा थपिएका छन् । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस, भगवती स्टिल इन्डस्ट्रिज र एशियन कन्क्रिटो लिमिटेडले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका हुन् । 

Sponsored Advertisement

डोलेश्वर भिलेज रिसोर्ट र एशियन कन्क्रिटोले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ निष्कासनको माग गर्दै बोर्डमा निवेदन दिएका हुन् भने भगवती स्टिल इन्डस्ट्रिज लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेको हो । 

सेबोनका अनुसार डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसले १६ करोड २० लाख रुपैयाँ बराबरको १६ लाख २० हजार कित्ता शेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । 

त्यस्तै एशियन कन्क्रिटो लिमिटेडले १० करोड १६ लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ६२ हजार ५०० कित्ता साधारण शेयर निष्कासनका लागि सेबोन आवेदन दिएको छ  कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

सेबोनका अनुसार भगवती स्टिल इन्डस्ट्रिज लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १३३ रुपैयाँ प्रिमियम थप गरी ३४ करोड ९५ लाख रुपैयाँ बराबरको १५ लाख कित्ता शेयर निष्कासन गर्न आवेदन दिएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा पनि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।


 

थप समाचार