Below Menu
Below Menu

एकैदिन तोलामा तीन हजार आठ सयले घट्यो सुन 

एकैदिन तोलामा तीन हजार आठ सयले घट्यो सुन 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार ८०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५० रुपैयाँले घटेको हो । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ८८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ३० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार