Below Menu
Below Menu

बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

काठमाडौं : नेपाल बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको छ। संस्थागत सुशासन र कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित पाँच निर्देशकको विभागीय जिम्मेवारी परिवर्तन गरिएको हो।

प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले कार्यकारी निर्देशक सुशीलदेव सुवेदीको सिफारिसमा नयाँ कार्यविभाजन लागू गरेकी हुन्।

नयाँ जिम्मेवारी अनुसार कुन्दन सापकोटाले सुपरिवेक्षण महाशाखा, पूजन ढुंगेल अधिकारीले व्यवस्थापन महाशाखाको नेतृत्व सम्हाल्ने भएका छन्। यसअघि उनीहरू क्रमशः व्यवस्थापन र अनुसन्धान विभागमा कार्यरत थिए।

त्यसैगरी, ध्रुव तिमिल्सिनालाई अनुसन्धान महाशाखाको जिम्मेवारी दिइएको छ भने कमलप्रसाद रेग्मीलाई नियमन र शम्भराज लामिछानेलाई कानुन महाशाखाको नेतृत्व दिइएको छ ।

Advertisment

थप समाचार