Below Menu
Below Menu

सीमा अतिक्रमण रोक्न नसकेकोमा श्रमसंस्कृति पार्टीद्वारा सरकारको विरोध

सीमा अतिक्रमण रोक्न नसकेकोमा श्रमसंस्कृति पार्टीद्वारा सरकारको विरोध

काठमाडौं : श्रम संस्कृति पार्टीले सरकारको हालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सीमा सुरक्षा, कूटनीति, अर्थतन्त्र र जनजीविकासम्बन्धी विषयमा गम्भीर प्रश्न उठाएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीले दार्चुलाको दुम्लिङसम्म सडक विस्तार गर्न नसक्नु र महाकाली नदी किनारमा भइरहेको सीमा अतिक्रमण रोक्न नसक्नु सरकारको कमजोरी भएको आरोप लगाइएको छ ।

‘नेपालको भूभाग लिपुलेक हुँदै भारतले कैलाश-मानसरोवर जाने बाटो खोलिरहँदा के गरिराख्नु भएको थियो रु दार्चुलाको दुम्लिङ सम्म बाटो पुराउन नसक्ने सरकार बनेर पारि पट्टी सीमा नदी महाकाली मिचेर भारतले बाटो बनाएर किनारै किनार लगिरहँदा किन रोक्नु भएन रु,’ विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले एउटा कूटनीतिक नोट पठाएर मात्र औपचारिकता पूरा गर्नु पर्याप्त नभएको बताउँदै नेपाल, भारत, चीन र गल लाई राखेर चारै पक्षबिच वार्ताको पहल गर्न माग गरेको छ ।

‘एउटा कूटनीतिक नोट मात्रै पठाएर कर्मकाण्डी सरकारी औपचारिकता पूरा गरेर मात्रै हुन्छ । हुँदैन । सो विषयलाई संवादमा ल्याउन वार्ता टोली बनाएर वार्ता सुरु गर्नु पर्दैन रु चीन, भारत, नेपाल र गल लाई राखेर चारै पक्ष बिच वार्ता गरेर सीमा जोगाउन तिर लाग्नु,’ पार्टीले जनाएको छ ।
यस्तै, देशभित्रका अन्य समस्यामा पनि पार्टीले सरकारको आलोचना गरेको छ । सुकुम्बासी बस्ती हटाउन प्रयोग भइरहेका डोजरहरू विपद् व्यवस्थापन, बाढी पहिरोबाट क्षतिग्रस्त पूर्वाधार पुनः निर्माणमा प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ ।

अर्थतन्त्रका सन्दर्भमा विदेशी ऋण लिने कार्य रोक्न र आर्थिक सुधारमा ध्यान केन्द्रित गर्न आग्रह गरिएको छ । अर्थतन्त्र सुधार गर्न नसक्नेले राज्य सञ्चालन गर्न सक्दैन भन्दै पार्टीले आवश्यक परे सरकारलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नसमेत आग्रह गरेको छ ।

Advertisment

थप समाचार