काठमाडौं : सरकारले जेठ पहिलो सातादेखि सहकारी पिडितको बचत फिर्ता गर्ने भएको छ। सहकारीका बचतकर्तालाई राहत दिने उद्देश्यले जेठ पहिलो सातादेखि बचत फिर्ता प्रक्रिया सुरु गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले जानकारी दिईन। सरकारले चक्रिय कोषमा विनियोजित रकम सम्बन्धित समितिको कोषबाट नपुगेममा सापटीको रुपमा प्रयोग गरी बचत फिर्ता गरिने सरकारले जनाएको छ। हाल करिब ७५ हजार बचतकर्ताको झन्डै ६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ।
Advertisment