काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.७८ अंकले बढेर २७१२.८६ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ३४.६३ अंकले घटेर २७०४.०८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १६२ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ४३ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा चार अर्ब २६ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सोलु हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २३ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा अप्पर लोहोर खोला हाइड्रोपावर कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य ११.१६ प्रतिशतले बढेको हो । आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.३१ प्रतिशतले घटेको छ ।
Advertisment