काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार ८०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १७५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।
Advertisment