रोशी खोलामा बाढीपछि रोकिएको बीपी राजमार्ग आज पनि बन्द

रोशी खोलामा बाढीपछि रोकिएको बीपी राजमार्ग आज पनि बन्द

रामेछाप : रोशी खोलामा आएको बाढीका कारण तीन दिनदेखि अवरुद्ध रहेकाको बीपी राजमार्ग आज पनि सञ्चालनमा नआउने भएको छ ।

Sponsored Advertisement

बाढीका कारण रोशी खोला आसपासका विभिन्न स्थानमा बनाइएका डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो। सडक मर्मत कार्य अझै जारी रहेकाले तत्काल सञ्चालनमा ल्याउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ ।

प्रहरीका अनुसार बगाएका डाइभर्सन पुनः निर्माण गर्ने काम तीव्र रूपमा भइरहेको छ । बाढीका कारण धेरै स्थानका डाइभर्सन बगाएका छन् र मर्मत कार्य जारी रहेको छ।

आज पनि मर्मत कार्य जारी रहने जनाइएको छ। थप वर्षा नभए भोलिदेखि खुर्कोट–भकुण्डेबेँसी सडक खण्ड सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

निरन्तर वर्षाका कारण जोखिम बढेपछि उक्त सडक खण्डमा मंगलबारदेखि साँझ ५ बजेबाट बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो। प्रहरीले यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

थप समाचार