Below Menu
Below Menu

सामान्य अंकले बढ्यो शेयर बजार, दुई अर्ब ९३ करोडमा झर्यो कारोबार 

सामान्य अंकले बढ्यो शेयर बजार, दुई अर्ब ९३ करोडमा झर्यो कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.९४ अंकले बढेर २७१८.१६ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १.६४ अंकले घटेर २७११.२२ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १५५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

शेयर बजार बढेपनि कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा दुई अर्ब ९३ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा तीन अर्ब १९ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १७ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा स्वाबम्बन लघुवित्त वित्तीय संस्था रहेको छ । आज यी कम्पनीको शेयरमूल्य १२.१९ प्रतिशतले बढेको हो । आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १३.२४ प्रतिशतले घटेको छ ।  
 

Advertisment

थप समाचार