काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत पौने २५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २४ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको ९१ दिने र १९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको १८१ दिने ट्रेजरी बिल जारी लागेको हो । जसमा ५ अर्ब रुपैयाँको नयाँ र १४ अर्ब ८५ करोड ५० लाख ट्रेजरी बिल नविकरण गर्न लागिएको हो ।
कार्यालयका अनुसार ९१ दिने ट्रेजरी बिल साउन २४ गते र १८१ दिने ट्रेजरी बिल कात्तिक २४ गते परिपक्क हुनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बैशाख २८ गते दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि बैशाख १४ गते सात अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment