Below Menu
Below Menu

एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा शतप्रतिशतसम्म ब्याज छुट दिने

एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा शतप्रतिशतसम्म ब्याज छुट दिने

काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याजरजरिवाना) मा छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत चैत २२ गतेसम्म व्यतित बीमालेखहरुमा छुट दिने भएको हो ।

कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत बैशाख मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका बीमालेखहरु जेठ गतेदेखि असार १९ गतेसम्ममा नविकरण/पुनर्जागरण गर्दा विभिन्न शर्तहरुको अधिनमा रही बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट प्रदान गर्ने भएको हो ।

इन्स्योरेन्सले २०८१ जेठ २० गतेदेखि हालसम्म व्यतित भएका बीमालेख (२ वर्ष व्यतित) भएका बीमालेखमा १०० प्रतिशत छुट दिने भएको हो । 

त्यस्तै कम्पनीले ५ वर्षदेखिका बीमालेखमा ५० प्रतिशत र २ वर्षदेखि ५ वर्ष भन्दा बढी भएका बीमालेखमा २५ प्रतिशत छुट दिने भएको हो । उक्त यस योजनामा समावेश भएका बीमालेखहरू २ वर्ष भन्दा कम परिपक्क भएमा कुनै पनि ब्याज छुट नगरिने कम्पनीले जनाएको छ । 

यसका साथै यस भन्दा पहिले विलम्ब शुल्कमा छुट लिई सकेका बीमालेखलाई यस योजनामा समावेश नगरिने समेत कम्पनीले जनाएको छ ।

Advertisment

थप समाचार