धादिङ : सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ धादिङ मण्डलीले धादिङको नीलकण्ठ-७ स्थित कर्णेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कपडा वितरण गर्दै मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको छ।
विद्यार्थीहरूको शैक्षिक यात्रा सहज बनाउने तथा सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कक्षा पाँचमा अध्ययनरत २० जना विद्यार्थीलाई कपडा वितरण गरिएको थियो।

कार्यक्रममा क्लबका अध्यक्ष लायन महेश रिजालको अध्यक्षता थियो भने रिजनल चेयरपर्सन कृष्ण शिशिर प्रमुख अतिथिका रूपमा सहभागी थिए।
विद्यालयका प्रधानाध्यापक विष्णु अधिकारी, प्रेसिडेन्ट इलेक्ट लायन हरिकुमार श्रेष्ठसहित क्लबका अन्य सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो।
क्लबले आगामी दिनमा पनि शिक्षा, सामाजिक सेवा तथा समुदाय केन्द्रित यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।