नेपाल-चाइना इन्भेष्टमेन्ट समिट : एआई र डिजिटल पूर्वाधारमा लगानी गर्न चिनियाँ व्यवसायीलाई आह्वान

नेपाल-चाइना इन्भेष्टमेन्ट समिट : एआई र डिजिटल पूर्वाधारमा लगानी गर्न चिनियाँ व्यवसायीलाई आह्वान

बेइजिङ : बेइजिङस्थित नेपाली दुतावास र चाइना सरकारको चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेडले बेइजिङ्मा आयोजना गरेको नेपाल चाइना इन्भेष्टमेन्ट एण्ड ट्रेड समिटमा सहभागी चाइना र नेपालका उद्यमी व्वसायीले भरपर्दो डिजिटल इन्फ्रास्ट्रचर, दक्ष जनसक्तिको आदानप्रदान र एआईको सुरक्षित प्रयोगका लागि निति तथा साइवर सुरक्षामा सहकार्यमा जोड दिएका छन् । 

व्यवसायिक क्षेत्रको अग्रणी बिजनेस कन्सल्टीङ साझेदार नेपाल बिजनेस इन्ष्ट्रिच्युट (एनबिआई) का कार्यकारी अध्यक्ष बिशाल गैरेले चिनिया लगानीकर्तालाई एआई र डिजिटल इन्फ्रास्ट्रचरमा लगानी गर्न आह्वान गदैं एआई र डिजिटल प्रविधिको प्रयोगले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सावर्जनिक सेवा र आर्थिक बिकासमा उल्लेखनीय प्रगति हुने दावी गरे । 

नयाँ सरकार बनेसगैं स्थीर सरकार र स्थीर निति बन्द्र गएकाले नेपालको प्रचुर सम्भावनामा लगानी बढाउन आह्वान गरे । उच्च गतिको इन्टरनेट पँहुच, डाटा सेन्टर र क्लाउड पुर्वाधार, डिजिटल साक्षरता, साइवर सुरक्षा, एआई निति र कानुनी ब्यवस्था, सरकारी डिजिटल सेवा, स्थानीय भाषा र एआई, मानव स्रोतको बिकास र डिजिल अर्थतन्त्रबारे म्याचमेकिङ् सेसनमा अध्यक्ष गैरे प्रस्तुती दिएका थिए। 

चीनस्थीत एम्बासडर रिसिप्सनले समन्वय गरेको सोहि कार्यक्रममा चीनका लागि नेपाली दुतावास की कार्यबाहक राजदुत रोशन खनालले नितिगत कठिनाइहरुको सम्बोधन र एफडिआईमार्फत नेपालमा लगानी गर्न चाहने चिनिया ब्यवसायीलाई गर्ने सहजीकरणबारे जानकारी गराए । नेपालको पछिल्लो तथ्याङ्मा चीन नेपालमा एफडिआईमार्फत सबैभन्दा बढि लगानी गर्ने देश भएको उनको भनाई छ । 

नेपालमा लगानीको अवशर तथा नितिगत ब्यवस्थाबारे दुतावासी आर्थिक मामिला हेर्ने प्रमुख पार्वती अर्यालले लगानी सहजीकरणबारे प्रस्तुती दिएकी थिइन् । नेपालमा गएका एफएनसिसिआई, निर्यात व्यवसायी महासंघलगायतका संस्थाहरुले उर्जा, पर्यटन, निर्यात उद्यम, कृषि, स्वास्थ्य क्षेत्रलगायत बिभिन्न ब्यवसायकोबारेमा बिभिन्न प्रस्तुती र बिटुवी म्याचमेकिङ् कार्यक्रममा सहभागी भएका थिए । 
 

थप समाचार