काठमाडौं : चालु आर्थिक वर्षको जेठसम्म चालु खाता ८०२ अर्ब रुपैयाँले बचतमा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
यस अवधिमा चालु खाता आठ खर्ब दुई अर्ब छ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता तीन खर्ब २१ अर्ब ७४ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५ अर्ब ५३ करोड रुपैयाँले बचतमा रहेको छ । यस अवधिमा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.१७ अर्ब ३ करोड रहेको छ । अघिल्लो वर्षकोसोही अवधिमा यस्तो ट्रान्सफर रु.८ अर्ब ९६ करोड रहेको थियो ।
यसैगरी, जेठ मसान्तसम्म २२ अर्ब ८२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ११ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।
यस अवधिमा शोधनान्तर स्थिति ९ खर्ब २६ अर्ब ६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति चार खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ६२ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६ अर्ब ३९ करोडले बचतमा रहेको छ ।