सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ३६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार