नाट्टा निर्वाचन : सदस्यमा काभ्रेली युवा व्यवसायी दिनेश मैनालीको दाबेदारी

नाट्टा निर्वाचन : सदस्यमा काभ्रेली युवा व्यवसायी दिनेश मैनालीको दाबेदारी

काठमाडौं : नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा कार्यसमिति सदस्यका उम्मेदवार दिनेश मैनालीको उम्मेदवारीले पर्यटन व्यवसायीबीच चर्चा पाउन थालेको छ।

भरत जंग पाण्डेको नेतृत्वमा रहेको प्यानलबाट कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका मैनाली पर्यटन व्यवसायमा सक्रिय युवा व्यवसायीका रूपमा परिचित छन्। उनले शुभम् ट्राभल्स एण्ड टुर्समार्फत विगत एक दशकदेखि पर्यटन क्षेत्रमा योगदान दिँदै आएका छन्।

काभ्रेको नमोबुद्ध नगरपालिका–५ का स्थायी बासिन्दा मैनालीले नाट्टामा नीतिगत सुधार, व्यवसायीको हकहितको संरक्षण तथा युवा व्यवसायीको प्रतिनिधित्वलाई आफ्नो प्राथमिकता बनाएको बताए।

उनका अनुसार पर्यटन क्षेत्रमा देखिएका व्यावसायिक चुनौती समाधान गर्न तथा संस्थालाई थप प्रभावकारी बनाउन आफूले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भरत जंग पाण्डेको नेतृत्वमा रहेको प्यानलमा वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा सबिता केसी भट्टराईलगायत पर्यटन क्षेत्रका अनुभवी व्यवसायीहरूको सहभागिता छ।

आगामी अगस्ट १४ मा हुने नाट्टा निर्वाचनमा अनुभवी नेतृत्व र युवा व्यवसायीको संयोजन रहेको आफ्नो प्यानलले सकारात्मक परिणाम हासिल गर्ने विश्वास उम्मेदवारहरूले व्यक्त गरेका छन्।

थप समाचार