Below Menu

चालु खाता ९२३ अर्ब र शोधनान्तर स्थिति दश खर्ब २७ अर्बले बचतमा 

चालु खाता ९२३ अर्ब र शोधनान्तर स्थिति दश खर्ब २७ अर्बले बचतमा 

काठमाडौं : गत आर्थिक वर्ष २०८२/८३ मा रु.९२३ अर्बले बचतमा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।

असार मसान्तसम्म चालु खाता रु.९ खर्ब २३ अर्ब ५६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता रु.४ खर्ब ९ अर्ब ८४ करोडले बचतमा रहेको थियो । 

अमेरिकी डलरमा अघिल्लो वर्ष ३ अर्ब १ करोडले बचतमा रहेको चालु खाता समीक्षा वर्षमा ६ अर्ब ३३ करोडले बचतमा रहेको छ । यस वर्षमा खुद पुँजीगत ट्रान्सफर रु.१८ अर्ब ५० करोड रहेको छ ।

अघिल्लो वर्ष यस्तो ट्रान्सफर रु.९ अर्ब ८४ करोड रहेको थियो । यसैगरी, यस अवधिमा रु.२८ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । 

अघिल्लो वर्ष यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.१२ अर्ब २ करोड रहेको थियो । 

राष्ट्र बैंकका अनुसार यस वर्षमा शोधनान्तर स्थिति रु.१० खर्ब २७ अर्ब ४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.५ खर्ब ९४ अर्ब ५४ करोडले बचतमा रहेको थियो । 

अमेरिकी डलरमा अघिल्लो वर्ष ४ अर्ब ३७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा ७ अर्ब ५ करोडले बचतमा रहेको छ ।
 

थप समाचार