काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ९६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।