Below Menu

मैलुङ खोला जलविद्युत आयोजनाको विद्युतगृहमा क्षति, विद्युत उत्पादन बन्द

मैलुङ खोला जलविद्युत आयोजनाको विद्युतगृहमा क्षति, विद्युत उत्पादन बन्द

काठमाडौं : रसुवा जिल्लाको उत्तरगया गाउँपालिका-१ मा सञ्चालित ५ मेगावाट क्षमताको मेलुङ खोला जलविद्युत आयोजनामा त्रिशूली नदीमा आएको अत्याशित भीषण बाढीले ठूलो क्षति पुर्‍याएको छ।

मेलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई पठाएको जानकारीअनुसार २०८३ साल साउन १८ गते बिहान करिब ९ः१५ बजे त्रिशूली नदीमा आएको भीषण बाढीका कारण आयोजनाको विद्युतगृह पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

बाढीका कारण आयोजनाबाट हुने विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको कम्पनीले जनाएको छ। साथै, जलविद्युत केन्द्रमा कार्यरत कर्मचारीहरूको अवस्थासमेत हालसम्म अज्ञात रहेको कम्पनीको पत्रमा उल्लेख छ।

कम्पनीले उक्त प्राकृतिक विपद्का कारण आयोजनामा भएको क्षति तथा कर्मचारीहरूको अवस्थाबारे सम्बन्धित निकायलाई जानकारी गराएको जनाएको छ। मैलुङ खोला जलविद्युत आयोजना रसुवा जिल्लामा सञ्चालित ५ मेगावाट क्षमताको आयोजना हो।

थप समाचार