काठमाडौं : मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड १ का इकाईधनीलाई २.२० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
क्यापिटलको सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले करसहित २.२० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लाभांश वितरण प्रयोजनका लागि क्यापिटलले भदौ २४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजअनुसार भदौ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाईधनीहरू मात्र उक्त नगद लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
यससँगै, भदौ २३ गतेसम्म कायम रहेका मुक्तिनाथ म्युचुअल फण्ड १ का इकाईधनीले घोषित २.२० प्रतिशत नगद प्रतिफल प्राप्त गर्नेछन्।