शेयर बजारमा उच्च अकंको पहिरो, कारोबार रकम साढे तीन अर्बमा समेटियो  

शेयर बजारमा उच्च अकंको पहिरो, कारोबार रकम साढे तीन अर्बमा समेटियो  

काठमाडौं : साताको पहिलो कारोबार सोमबार दिन शेयर बजार उच्च अंकले घटेकोे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४३.८९ अंकले घटेर २५१३.४२ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १.०४ अंकले घटेर २५५७.३१ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २१ कम्पनीको शेयरमूल्य बढेको छ । भने २५३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ६४ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब ७८ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज शिवम् सिमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २६ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा उपकार लघुवित्त वित्तीय संस्था रहेको रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १३.१६ प्रतिशतले घटेको छ । आज मैलुङ खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य १४.९८ प्रतिशतले घटेको छ । 
 

थप समाचार