काठमाडौं : आइसिएफसि फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ १६ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५२६३ प्रतिशत वितरण गर्ने निर्णय गरेको हो ।
फाइनान्सले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।