सामान्य अंकले बढ्यो शेयर बजार, बढ्न सकेन कारोबार

सामान्य अंकले बढ्यो शेयर बजार, बढ्न सकेन कारोबार

काठमाडौं : साताको दोस्रो कारोबार मंगलबार दिन शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.२४ अंकले बढेर २५२२. ६६ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ४३.८९ अंकले घटेर २५१३.४२ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १८१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा दुई अर्ब ९० करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा तीन अर्ब ६४ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सोलु हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १३ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ७.१५ प्रतिशतले बढेको छ । आज उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.४८ प्रतिशतले घटेको छ । 

थप समाचार