सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा आठ हजार ८०० रुपैयाँले घट्यो 

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा आठ हजार ८०० रुपैयाँले घट्यो 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ हजार ८०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १८५ रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ५८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख छ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।