काठमाडौं : साताको तेस्रो कारोबार बुधबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १५.४४ अंकले बढेर २५३८.११ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ९.२४ अंकले बढेर २५२२. ६६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १९३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा दुई अर्ब ९४ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा दुई अर्ब ९० करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सानिमा मिडिल तमोर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १४ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा आज उपकार लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ७.१५ प्रतिशतले बढेको छ । आज एनएमबी इनर्जी बण्डको शेयरमूल्य ५.८१ प्रतिशतले घटेको छ ।