हिमालयन ८०-२० ले घोषणा गर्यो १५ प्रतिशत प्रतिफल

हिमालयन ८०-२० ले घोषणा गर्यो १५ प्रतिशत प्रतिफल

काठमाडौं : हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालित हिमालयन ८०-२० ले गत आर्थिक वर्षका लागि आफ्ना इकाईधनीलाई १५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको छ।

योजना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेडको सञ्चालक समितिको भदौ १७ गते बसेको बैठकले इकाईधनीलाई करसहित १५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

हिमालयन ८०-२० हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालित योजना हो। योजनाले आफ्नो लगानीबाट प्राप्त आम्दानी तथा प्रतिफलका आधारमा इकाईधनीलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।