गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं : गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । भदौ १८ गते बसेको बैंकको सञ्चालक समितिको ३५१औँ बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

बैंकले हाल कायम चुक्ता पूँजी ६ अर्ब दुई करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँको करसहित १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिने छ ।

थप समाचार