एकैदिन तोलामा तीन हजार एक सय रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य पनि सस्तियो  

एकैदिन तोलामा तीन हजार एक सय रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य पनि सस्तियो  

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार १०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४०  रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ७२५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख सात हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।