सुनको मूल्य तोलामा तीन हजार आठ सय रुपैयाँले बढ्यो, चाँदीको मूल्य कति ? 

सुनको मूल्य तोलामा तीन हजार आठ सय रुपैयाँले बढ्यो, चाँदीको मूल्य कति ? 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार ८०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १०५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ८५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
७५०
बुधबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार