कालिञ्चोक दर्शनद्वारा लाभांश घोषणा, हकप्रद शेयर पनि जारी गर्ने  

कालिञ्चोक दर्शनद्वारा लाभांश घोषणा, हकप्रद शेयर पनि जारी गर्ने  

काठमाडौं : कालिञ्चोक दर्शन लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८.९४७४ प्रतिशत विरतण गर्ने निर्णय गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ८.५ प्रतिशतका दरले हुन आउने ५ करोड ३५ लाख ५० हजार रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.४४७४ प्रतिशतका दरले हुन आउने २८ लाख १८ हजार ४२१ दशमलव ५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज १६ गते, शुक्रबार, १२ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा जर्मन होम्स होटल, मध्यपुर ठिमी, गठाघर, भक्तपुरमा दिउँसो साढे ११ बजे शुरु हुनेछ।

सभाले लाभांश वितरणका साथै सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीमा पूर्वनिर्धारित शतप्रतिशतको अनुपातमा ६८ लाख ३५ हजार ५०० कित्ता हकप्रद शेयर निष्काशन तथा समायोजन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार असोज ८ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

थप समाचार