काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार ८०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ६०० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
बिहिबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।