सुनको मूल्य तोलामा तीन हजार छ सय रुपैयाँले बढ्यो 

सुनको मूल्य तोलामा तीन हजार छ सय रुपैयाँले बढ्यो 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार ६०० रुपैयाँले बढेकाे हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५० रुपैयाँले बढेकाे छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख तीन हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ७७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला  दुई लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार