प्रतितोला दुई हजार एक सय रुपैयाँले बढ्यो सुन 

प्रतितोला दुई हजार एक सय रुपैयाँले बढ्यो सुन 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार १०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ७९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख तीन हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार