काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ७७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख तीन हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।