दोहोरो अंकले सुधारियो शेयर बजार, बढ्न सकेन कारोबार 

दोहोरो अंकले सुधारियो शेयर बजार, बढ्न सकेन कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.९६ अंकले बढेर २५७८.७३ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २०.४८ अंकले घटेर २५६६.७६ बिन्दुमा बन्द भएको थियो ।

Sponsored Advertisement

आज कारोबारमा आएका १६९ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब १३ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा तीन अर्ब २७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज घलेम्दी हाइड्रोको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २३ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा त्रिशुली जलविद्युत कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ५.११ प्रतिशतले बढेको हो । आज सर्वोत्तम पेन्टस् इन्डष्ट्रिजको शेयरमूल्य ४.९४ प्रतिशतले घटेको छ । 
 

थप समाचार