नेप्से परिसूचकमा सामान्य गिरावट, घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार

नेप्से परिसूचकमा सामान्य गिरावट, घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार

काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.३८ अंकले घटेर २५७२.३४ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ११.९६ अंकले बढेर २५७८.७३ बिन्दुमा बन्द भएको थियो ।

Sponsored Advertisement

आज कारोबारमा आएका १०० कम्पनीको शेयरमूल्य बढेको छ । भने १६७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा तीन अर्ब ७४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा तीन अर्ब १३ करोड ८१ लाख बराबरको कारोबार भएको थियो ।

आज घलेम्दी हाइड्रोको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३२ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 
सर्वाधिक मूल्य बढ्नेमा घलेम्दी हाइड्रो कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ६.२५ प्रतिशतले बढेको हो । आज ग्लोबल आईएमई समुन्नत योजना–२ को शेयरमूल्य ५.२६ प्रतिशतले घटेको छ । 
 

थप समाचार