काठमाडौं : एनएमबि बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। साथै बैंकले एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार शेयरका लागि ८.२५ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने घोषणा पनि गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।