झिनो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार 

झिनो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार 

काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार झिनो अंकले बढेकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.३१ अंकले बढेर २५७४.६५ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ६.३८ अंकले घटेर २५७२.३४ बिन्दुमा बन्द भएको थियो ।

Sponsored Advertisement

आज कारोबारमा आएका १४० कम्पनीको शेयरमूल्य बढेको छ । भने १२७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा तीन अर्ब ९३ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा तीन अर्ब ७४ करोड ८० लाख बराबरको कारोबार भएको थियो ।

आज घलेम्दी हाइड्रोको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २६ करोड छ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा कुथेली बुखरी स्मल हाइड्रोपावर  कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज आरबिबि म्युचुअल फण्ड-२ को शेयरमूल्य ८.७ प्रतिशतले घटेको छ । 
 

थप समाचार