दोहोरो अंकले बढ्यो शेयर बजार, पौने पाँच अर्बको कारोबार 

दोहोरो अंकले बढ्यो शेयर बजार, पौने पाँच अर्बको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार दोहोरो अंकले बढ्यो छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १७.१५ अंकले बढेर २५९१.८० बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से २.३१ अंकले बढेर २५७४.६५ बिन्दुमा बन्द भएको थियो ।

Sponsored Advertisement

आज कारोबारमा आएका १८० कम्पनीको शेयरमूल्य बढेको छ । भने ८९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा चार अर्ब ८३ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब ९३ करोड ५ लाख बराबरको कारोबार भएको थियो ।

आज कुमारी बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २१ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा कुथेली बुखरी स्मल हाइड्रोपावर  कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ४.९१ प्रतिशतले बढेको हो । आज रिज लाइन इनर्जीको शेयरमूल्य ७.८५ प्रतिशतले घटेको छ । 
 

थप समाचार