निर्जीवन बीमा कम्पनीको व्यापार पौने १० अर्ब, दुई कम्पनी अर्ब क्लबमा 

निर्जीवन बीमा कम्पनीको व्यापार पौने १० अर्ब, दुई कम्पनी अर्ब क्लबमा 

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा पौने दश अर्ब रुपैयाँको बीमा व्यवसाय गरेका छन् ।
प्राधिकरणका अनुसार भदौ मसान्तसम्म कम्पनीहरुले चार लाख ८२ हजार ६२७ बीमालेख बिक्री गरी ९ अर्ब ८३ करोड २५ लाख ३२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

Sponsored Advertisement

भदौ मसान्तसम्म सर्वाधिक बीमाशुल्क आर्जन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । कम्पनीले ४६ हजार २१६ बीमालेख जारी गरी एक अर्ब ९ करोड ५० लाख ८० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

प्राधिकरणका अनुसार यस अवधिमा शिखर इन्स्योरेन्सले एक करोड चार लाख ३४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने एनएलजी इन्स्योरेन्सले ९७ करोड १७ लाख ७७ हजार रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ ।

भदौ मसान्तसम्म हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९६ करोड १७ लाख ९३ हजार रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ८९ करोड ५२ लाख ८३ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

प्राधिकरणका अनुसार यस आईजीआई प्रुडेन्सियलले ८२ करोड ५२ लाख ७२ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने नेको इन्स्योरेन्सले ७० करोड ६९ लाख २९ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

यस अवधिमा नेपाल इन्स्योरेन्स कम्पनीले २८ हजार ९१४ बीमालेख बिक्री गरी ४३ करोड २७ लाख ७४ हजार रुपैयाँ बीमाुशल्क आर्जन गरेको छ भने दि ओरियन्टल इन्स्योरेन्सले ७४ करोड छ लाख नौ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, भदौ मसान्तसम्म राष्ट्रिय बीमा कम्पनीले ३६ करोड ३० लाख ५८ हजार, नेशनल इन्स्योरेन्सले ४१ करोड १५ लाख ८२ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

प्राधिकरणका अनुसार यस अवधिमा प्रभु इन्स्योरेन्सले ३४ करोड ४९ लाख र सानिमा जिआइसीले ४२ करोड २६ लाख ९६ हजार र युनाइटेड अजोड इन्स्योरेन्सले ८९ करोड ५२ लाख ८३ हजार रुपैयाँ बराबरको व्यापार गरेका छन् । 

लघुबीमाको व्यापार साढे १४ करोड

निर्जीवन बीमा अन्तर्गतका चार लघुबीमा कम्पनीहरुले साढे १४ करोडको व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले ४९ हजार ४२० बीमालेख जारी गरी १४ करोड ४९ लाख ४८ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।

यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले तीन करोड ५९ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले तीन करोड ८६ लाख, स्टार माइक्रो इन्स्योरेन्सले तीन करोड ६८ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले तीन करोड ३४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेकोे हो ।