बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणमा उच्च प्रविधिमैत्री संयन्त्र बन्दैछ : आईजीपी कार्की

बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणमा उच्च प्रविधिमैत्री संयन्त्र बन्दैछ : आईजीपी कार्की

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि उच्च प्रविधिमैत्री संयन्त्र निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । 

Sponsored Advertisement

७१औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण काक्रममा बोल्दै उनले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताए ।

‘विपद्मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ मनाइएको ७१औँ प्रहरी दिवसका अवसरमा उनले राष्ट्रसेवाका क्रममा हालैको भोटेकोशी, त्रिशूली विपद्लगायत विभिन्न कालखण्डमा वीरगति प्राप्त गर्ने अमर प्रहरीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।

उनले कर्तव्य निर्वाहका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै संगठन निर्माणमा योगदान पु¥याउने सम्पूर्ण पूर्व तथा बहालवाला प्रहरीहरूप्रति आभार व्यक्त गरे । 

आगामी दिनमा आइपर्ने विपद् सामना गर्न नेपाल प्रहरीलाई सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासमा सरकारले जोड दिएको उनले बताए । उनले यसै अवसरमा विमोचित ‘पुलिस मिरर’ले प्रहरीको इतिहास र वर्तमानलाई नयाँ पुस्तासँग जोड्ने विश्वास व्यक्त गरे । 

उनले पछिल्लो समय तीव्र गतिमा बढिरहेको वित्तीय तथा साइबर अपराध रोकथामका लागि नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा टेलिकम सेवा प्रदायक र डिजिटल वालेटहरूलाई एउटै प्लेटफर्ममा आबद्ध गरी नागरिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्ने तयारी भइरहेको जानकारी दिए ।

थप समाचार