डिगोसँगको साझेदारीमा जिओहटस्टार नेपालमा प्रवेश

डिगोसँगको साझेदारीमा जिओहटस्टार नेपालमा प्रवेश

 

Sponsored Advertisement

काठमाडौँ : ओटीटी प्लाटफर्म डिगोले जिओहटस्टारसँग साझेदारी घोषणा गर्दै जिओहटस्टारका सामग्रीहरूको प्रस्तुति थालेको छ । दक्षिण एसियाली समुदायको ठूलो हिस्सा रहेको मध्यपूर्व र उत्तर अफ्रिकामा प्रवेश गरेको केही साताभित्रै, डिगोमार्फत नेपाल प्रवेश गर्दै जिओहटस्टारले आफ्नो विश्वव्यापी विस्तारलाई निरन्तरता दिएको हो।

भारतसँगको गहिरो सांस्कृतिक सम्बन्ध र भारतीय सिनेमा तथा टेलिभिजनप्रतिको लामो समयदेखिको आकर्षणलाई आधार बनाउँदै जिओहटस्टारलाई विश्वभरका नेपाली दर्शकहरूमाझ समेत पुर्‍याउने यो अर्को कदम समेत हो ।

यो साझेदारीले डिगो भित्रै ब्लकबस्टर चलचित्रहरू, ओरिजिनलहरू, दैनिक टेलिभिजन, रियालिटी फ्रान्चाइजहरू र बालबालिकाका सामग्रीहरू समेटिएको एक समर्पित जिओहटस्टार प्लेटफर्म सिर्जना गरेको छ । 

लञ्च लाइनअपमा 'भेडिया', '१२थ फेल', 'केसरी च्याप्टर २', 'सुपर ३०', र 'वेलकम टु द जंगल' जस्ता ब्लकबस्टर चलचित्रहरूसँगै जिओहटस्टार ओरिजिनलहरू जस्तै 'हुंकार', 'प्रितम एण्ड पेड्रो', 'अलि बाबा और ४० भूत', 'स्पेसियल अप्स', 'चिरैया' लगायतका सामग्रीहरू उपलब्ध छन् । 

यसका साथै हिन्दी भाषामा उपलब्ध 'बेथेलहेम कुटुम्ब युनिट', 'थुडाक्म' जस्ता क्षेत्रीय चलचित्रहरू र 'बिग बोस', 'कफी विथ करण', 'इन्डिया का टप १ पर्सेन्ट' जस्ता लोकप्रिय रियालिटी तथा मनोरञ्जनात्मक कार्यक्रमहरूले दैनिक हेर्ने अनुभवलाई अझ उत्कृष्ट बनाउँछन्।

दर्शकहरूले डिगो को मोबाइल र प्लस प्लानमार्फत जिओहटस्टारको अनुभव लिन सक्नेछन्, जसको विशेष लञ्च मूल्य प्रतिमहिना २४९ रुपैयाँ बाट सुरु हुन्छ। मोबाइल प्लानको मूल्य एक महिनाको लागि २४९ रुपैयाँ, तीन महिनाको लागि ६९९ रुपैयाँ र एक वर्षको लागि २,४९९ रुपैयाँ रहेको छ।

त्यस्तै, प्लस प्लान एक महिनाको लागि ३९९ रुपैयाँ, तीन महिनाको लागि ८९९ रुपैयाँ र एक वर्षको लागि २,६९९ रुपैयाँ मा उपलब्ध छ। दर्शकहरूले www.watchdgo.com मा गएर वा iOS, Android, Android TV र Smart TV मा डिगो एपमार्फत सब्स्क्राइब गर्न सक्नेछन्।

जिओहटस्टारको लाइब्रेरीले डिगो को नेपाली चलचित्र र शोहरूको संग्रहलाई थप बलियो बनाएको छ। स्थानीय कथावाचनलाई प्राथमिकता दिँदै डिगो मा प्रत्येक हप्ता नयाँ नेपाली चलचित्र थपिनेछ । सब्स्क्राइबरहरूले LaLiga, MotoGP, र Carabao Cup लगायतका प्रत्यक्ष अन्तर्राष्ट्रिय खेलकुदहरू पनि हेर्न सक्नेछन्। 

यसरी भारतीय तथा नेपाली मनोरञ्जन र विश्वव्यापी खेलकुदहरू कुनै पनि अतिरिक्त शुल्क बिना एउटै डिगो सब्स्क्रिप्सनमा उपलब्ध भएका छन्।

जिओहटस्टारको नेपाल प्रवेशको बारेमा टिप्पणी गर्दै जिओस्टारका अन्तर्राष्ट्रिय व्यापार प्रमुख अमित मल्होत्राले भने, “जिओहटस्टारको अन्तर्राष्ट्रिय विस्तारले हामीले भारतमा सिर्जना गरेको दायरा र विदेशमा भारतीय मनोरञ्जनको मागलाई एक ठाउँमा ल्याएको छ। पुस्ताौंदेखि हाम्रा चलचित्र, टेलिभिजन शो र कलाकारहरूलाई पछ्याउँदै आएका दर्शकहरू भएको नेपाल यस यात्राको एक महत्वपूर्ण हिस्सा हो । डिगो सँगको सहकार्यले हामीले जिओहटस्टारको मनोरञ्जनलाई स्थानीय प्लेटफर्मको सहजतासँग जोड्दै दर्शकहरूलाई अझ फराकिलो विकल्प दिन सक्षम भएका छौं। हामी यस विद्यमान सम्बन्धलाई थप मजबुत बनाउँदै नेपालका घरपरिवारमा जिओहटस्टारलाई दैनिक मनोरञ्जनको अभिन्न अंग बनाउने ठूलो सम्भावना देख्छौं।”

यस साझेदारीको बारेमा बोल्दै डिगो का प्रमुख कार्यकारी अधिकृत रोशन निरालाले भने, “यो साझेदारी डिगो र नेपालको मनोरञ्जन उद्योग दुवैका लागि एक माइलस्टोन हो। जिओहटस्टारका चलचित्र र शोहरूदेखि लिएर हरेक हप्ता आउने नयाँ नेपाली चलचित्र र प्रत्यक्ष अन्तर्राष्ट्रिय खेलकुदहरूसम्म, नेपाली दर्शकहरूलाई डिगो रोज्ने हरेक दिन नयाँ कारण दिनु हाम्रो ambition (उद्देश्य) हो। हामी हाम्रा दर्शकहरूका लागि विशेष रूपमा तयार पारिएको मूल्यमा नेपालकै लागि बनेको प्लेटफर्ममार्फत यी सबै विकल्पहरू एकै ठाउँमा ल्याउँदैछौँ।”

नेपालमा भएको यो लञ्चले भारतीय मनोरञ्जनको पहुँच र आकर्षणलाई आधार बनाउँदै अन्तर्राष्ट्रिय बजारमा आफ्नो दिगो उपस्थिति स्थापित गर्ने जिओहटस्टारको लक्ष्यलाई झल्काउँछ। बेलायत, क्यानडा र सिंगापुरमा प्रत्यक्ष लञ्च तथा STARZPLAY र डिगो जस्ता स्थापित सहयात्रीहरूसँगको साझेदारीमार्फत, जिओहटस्टारले प्रत्येक बजारको विशिष्ट आवश्यकता अनुसार मनोरञ्जनको दायरालाई विभिन्न हेर्ने अनुभवहरूसँग जोड्दै अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदैछ।

जिओहटस्टार (JioHotstar) को बारेमा जिओहटस्टार एक विश्वव्यापी स्ट्रिमिङ प्लेटफर्म हो। ५० करोड मासिक सक्रिय प्रयोगकर्ताहरू र ३,००,००० घण्टाभन्दा बढीको कार्यक्रमहरूको लाइब्रेरी भएको यो विश्वको सबैभन्दा ठूलो स्ट्रिमिङ सेवाहरू मध्ये एक हो। जिओस्टार नेटवर्कका १०० भन्दा बढी च्यानलहरूबाट चलचित्रहरू, ओरिजिनलहरू, प्रत्यक्ष खेलकुद, प्रत्यक्ष कार्यक्रमहरू, एनिमे, बालबालिकाका मनोरञ्जन र टिभी शोहरू समेट्दै १९ भाषाहरूमा सामग्री उपलब्ध छन्।

जिओहटस्टारले भारत र युके, क्यानडा, सिंगापुर, MENA र नेपाल लगायतका अन्तर्राष्ट्रिय बजारका दर्शकहरूमाझ पहुँच पुर्‍याएको छ र यो एन्ड्रोइड, आईओएस, कनेक्टेड-टिभी र वेब प्लेटफर्महरूमा उपलब्ध छ।

डिगो को बारेमा

डिगो (www.watchdgo.com) नेपालको पहिलो इजाजतपत्र प्राप्त सब्स्क्रिप्सन ओटीटी (OTT) स्ट्रिमिङ प्लेटफर्म हो र यो विश्वभरका नेपालीहरूका लागि प्रत्यक्ष खेलकुद र नेपाली मनोरञ्जनको गन्तव्य हो । 

नेपाल सरकारबाट इजाजतपत्र प्राप्त डिगो ले नेपाली चलचित्रहरू, वेब सिरिज, लघु चलचित्रहरू, प्रत्यक्ष क्रिकेट, प्रत्यक्ष फुटबल, प्रत्यक्ष टिभी, रियालिटी र संगीत कार्यक्रमहरू नेपाली र अंग्रेजी कमेन्ट्रीसहित HD मा स्ट्रिम गर्दछ।

डिगो नेपालका ठूला खेलकुद क्षणहरूको स्ट्रिमिङ घर बन्दै आएको छ। यो नेपाल प्रिमियर लिग (NPL) सिजन १ र २ को आधिकारिक डिजिटल स्ट्रिमिङ पार्टनर थियो र नेपालमा फिफा विश्वकप २०२६ को आधिकारिक डिजिटल ब्रोडकास्टिङ पार्टनरको रूपमा १०४ वटै खेलहरू स्ट्रिम गरेको थियो।

यसको बढ्दो सामग्री लाइनअपमा OSR का नेपाली चलचित्रहरू, जिओहटस्टारका लोकप्रिय सिरिजहरू र लाइभ ला लिगा फुटबल समावेश छन्। १३ लाख दर्ता भएका प्रयोगकर्ताहरू, ३,५०,००० मासिक सक्रिय प्रयोगकर्ताहरू र १५ भन्दा बढी देशहरूमा दर्शकहरू भएको डिगो नेपाली diaspora (प्रवासी नेपालीहरू) का लागि तयार पारिएको अन्तर्राष्ट्रिय प्लेटफर्म हो ।

यो मासिक, त्रैमासिक र वार्षिक योजनाहरूका साथै प्रमुख प्रत्यक्ष खेलकुदका लागि इभेन्ट पासहरू मार्फत iOS, Android, वेब, Android TV र Smart TV मा उपलब्ध छ। नेपालका दर्शकहरूले खल्ती (Khalti), इसेवा (eSewa), गेटपे (Getpay), कनेक्टआईपीएस (ConnectIPS) र फोनपे (Fonepay) मार्फत भुक्तानी गर्न सक्छन् भने विदेशका दर्शकहरूले अन्तर्राष्ट्रिय कार्डहरू र क्रस-बोर्डर भुक्तानीहरू मार्फत भुक्तानी गर्न सक्छन्। नेपाललाई विश्वभर हेर्ने, महसुस गर्ने र साझा गर्ने प्राथमिक स्क्रिन बन्ने डिगो को भिजन रहेको छ।

थप समाचार